सिद्धार्थ बैंकको ५ लाख कित्ता शेयर बिक्रीमा
मेरोन्यूज
२०८१ वैशाख ११ गते १२:०७

काठमाडौं । सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि उनीहरुलाई ३५ दिनको अवधि दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजपत्रसहित लिखित निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
सम्बन्धित
















गैँडाकोटको हनुमान् मन्दिरलाई धार्मिक पर्यटन प्रवद्र्धन गरिँदै
सुनको मूल्य तोलामा ५ हजारले बढ्यो
इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया