सिद्धार्थ बैंकको ५ लाख कित्ता शेयर बिक्रीमा
मेरोन्यूज
२०८१ वैशाख ११ गते १२:०७

काठमाडौं । सिद्धार्थ बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ५ लाख १० हजार ३०७ कित्ता शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि उनीहरुलाई ३५ दिनको अवधि दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको अवधिभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाई आवश्यक कागजपत्रसहित लिखित निवेदन दिनुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया