फिल्म ‘एक्टर’को शुभ मुहूर्त
मेरोन्यूज
२०८१ वैशाख ११ गते १३:०९

काठमाडौँ । फिल्म ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ । मंगलबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै फिल्मको मुहूर्त गरिएको हो ।
फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले यस फिल्मबाट डेभ्यु गर्दैछिन् । फिल्ममा उनको जोडी प्रदीपसँग बाँधिनेछ । यही बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको फिल्ममा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।
राजन भुसालले फिल्मको निर्देशन गर्दै छन् भने फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्मलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ ।
सम्बन्धित
















दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया