बिहीबार, चैत १९, २०८२

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र

मेरोन्यूज २०८१ वैशाख ११ गते १७:५०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना दिदै यसको विकल्प कुनै पनि आवरणको अतिवाद हुन नसक्ने बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

लोकतन्त्र दिवसको शुभकामना दिदै महामन्त्री थापाले लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै भएको बताउदै लोकतन्त्र व्यवस्था ल्याए अनुसार अवस्था बदलिन नसक्दा आम निराशा रहेको बताएका छन् ।

उनले लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्- 

आज लोकतन्त्र दिवस ! जनअधिकार र लोकतन्त्रका लागि जीवन आहुति गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली! लोकतन्त्र व्यवस्था त ल्यायौं तर त्यसअनुरुप अवस्था बदलिन नसक्दा आम निराशा पक्कै छ तर यसको विकल्प कुनै पनि आवरणको अतिवाद होइन र हुन सक्दैन। लोकतन्त्रको विकल्प भनेको समुन्नत लोकतन्त्र नै हो। लोकतन्त्र शब्दमा होइन हाम्रो आचरण र कार्यशैलीमा प्रतिबिम्बित हुन सकोस्। यही व्यवस्थाभित्र अवस्था बदल्न आजको दिनले हामी सबैलाई उत्प्रेरित गरोस् । लोकतन्त्र दिवसको हार्दिक शुभकामना!

प्रतिक्रिया