अभिनेत्री तमन्ना भाटियालाई बयानका लागि बोलाइयो

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि समन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्नालाई २९ अप्रिलमा उपस्थित हुन आग्रह गरेको छ । साइबर सेलका अनुसार यस मुद्दामा तमन्नाको बयान लिइनेछ । अभिनेत्रीलाई फेयरप्लेका लागि कसले सम्पर्क गर्यो र त्यसका लागि कति पैसा पाएको भनेर सोधिने बताइएको छ ।
यसअघि २३ अप्रिलमा अभिनेता सञ्जय दत्तलाई पनि यस प्रकरणमा बोलाइएको थियो । सञ्जय मुम्बईमा नभएका कारण प्रहरीमा उपस्थित नभएको भन्दै समय मागेको बताइएको छ ।
यसअघि सोही केसमा महाराष्ट्र साइबर सेलले गायक बादशाह, सञ्जय दत्त र ज्याकलिन फर्नान्डेजका प्रबन्धकहरूको बयान रेकर्ड गरेको थियो । यी तीनजना सेलिब्रेटीले फेयरप्ले एपको प्रचार गरेका थिए । महादेव एप अवैध लेनदेन र सट्टेबाजीको लागि विभिन्न अनुसन्धान एजेन्सीहरूको स्क्यानरमा छ।
फेब्रुअरी २०२३ मा, टाइगर श्राफ र नेहा कक्कडसहित बलिउडका धेरै सेलिब्रेटीहरू युएई शहर रस अल खैमाहमा आयोजित एक विलासी विवाहमा सहभागी भएका थिए । सो विवाहमा करिब २०० करोड भारु खर्च भएको र सम्पूर्ण भुक्तानी हवाला वा नगदमा गरिएको बताइएको छ ।
यो विवाहपछि सौरभ र उनको महादेव बेटिंग एप अनुसन्धान एजेन्सीको रडारमा आएका थिए । सोही विषयमा ईडीले रणवीर कपूर र कपिल शर्मा जस्ता सेलिब्रेटीहरूलाई पनि समन पठाएको थियो । यस मामिलामा अहिलेसम्म दर्जनौं बलिउड सेलिब्रेटीको नाम बाहिर आएको छ ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया