नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न

काठमाडौँ । सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको छ ।
भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सेमुलेशन अभ्यास कार्यक्रममा उपमेयर चित्रसेन अधिकारी, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत, जिल्ला सुरक्षा समितका पदाधिकारी, विभिन्न संघसंस्थाका पदाधिकारीरु र स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, नं. १७ गण चितवन, नं. १४ गण मकवानपुर र आश्रित गुल्म धादिङ्गबाट खटिएको गोताखोरसहितको टोलीले मोटर बोट, राफ्ट बोट लाइफ बोट थ्रो ब्याग जस्ता विपद् सामाग्रीको प्रयोग गरी नदिमा बगिरहेका व्यक्तिहरुको उद्धार तथा नारायणी पुलबाट स्लेदरिङ्ग विधिको प्रयोग गरी उद्धारकर्ताहरु झरेर कसरी नदिमा बगेका व्यक्तिहरुको उद्धार गरिन्छ भन्ने अभ्यासहरु समेत देखाएका थिए ।
यसैगरी नेपाल रेडक्रस सोसाईटी चितवनको सहभागितामा मौसमजन्य विपद् प्रकोपको प्रतिकार्य तथा वाटर रेस्क्यु सम्बन्धि कृतिम अभ्यास गर्नुकासाथै उद्धार गरिएका घाईतेहरुलाई मेडिकल रेस्पोन्डर र रेडक्रस सोसाईटीका प्रतिनिधिहरुको सहयोगमा मास क्याजुएल्टी भेइकलद्धारा अस्पताल पठाउने उपायहरुको समेत डेमोस्ट्रेशन गरिएको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया