महोत्तरीका आगलागी पिडितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्धारा राहत

महोत्तरी । बैशाख १२ गते महोत्तरी जिल्ला मटिहानी नगरपालिका–६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित भएका स्थानीयहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघले राहत बितरण गरेको छ ।
शनिबार संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालबाट आगलागी पिडितहरुलाई राहत सामाग्री वितरण तथा सामुहिक खानाको कार्यक्रम गरिएको हो ।

सशस्त्र प्रहरी परिवार महिला संघले स्थापना कालदेखी मानविय सहयोग कार्यमा केन्द्रित रहि विभिन्न समयमा घटेका विपद्का घटनाहरुमा सक्दो राहतका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ, त्यसैको निरन्तरता स्वरुप मटिहानीमा राहत तथा सामुहिक भोजनको कार्यक्रम संचालन गरिएको थियो ।

१ सय ३ घरधुरी आगलागी पिडितहरुका प्रत्येक परिवारमा कम्बल, सिरानी, टावेल, पानी खाने बोतल, जग, माक्स, स्टिलको कचौरा, गिलास, थाल, चम्चा, वयक्तिगत सरसफाई किट (पुरुषरमहिला) तथा सामुहिक रुपमा प्रयोग गर्नेगरी १०/१० थान शौचालय, प्यान तथा पाईप÷एल्बो लगाएतका राहत सामाग्रीहरु वितरण गरिएको थियो ।

राहत सामाग्री वितरण कार्यक्रम पश्चात ७ सय जना आगलागी पिडितहरुलाई सामुहिक खाना समेत खुवाईएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह, मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती प्राब्दा सिंह शाह, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगाएत जनप्रतिनिधिहरु, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

















टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया