असार ७ देखि प्रदर्शन हुने भयो पूजा शर्माको ‘दान्भी’
मेरोन्यूज
२०८१ वैशाख १८ गते ८:०६

काठमाडौँ । अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक्सन अवतारमा देखिदै छन् ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया