जमानत जफत भएपछि रविलाई सिके राउतको सुझाव- ८४ मा दुई तिहाई भन्नुहुन्थ्याे, विचार गर्नुहोला

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।
उनले भनेका छन्- ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’
उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गरेका छन् ।
इलाम- २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए ।
















यही माघ १० देखि काठमाडौँ महानगरले सहिद सप्ताह सुरु गर्ने
चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् :चन्द्रप्रसाद ढकाल
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
रास्वपाले आशिका तामाङलाई दियो टिकट
प्रतिक्रिया