राज्यको प्राथमिकतामा उद्यामशीलता: मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको सीमाक्षेत्र भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुपद्वारा निर्मित फर्च्युन रिसोर्ट एन्ड वेलनेस स्पाको मंगलबार एक समारोहबीच उद्घाटन गर्दै उनले उद्योगजन्य उद्यमशीलतामा उत्पादनका आधारमा सरकारले अनुदान तथा सहुलियत दिने बताएका हुन् ।
“उद्योगजन्य, खानी तथा खनिजजन्य क्षेत्र, उद्यमशीलता, साना–मझौला उद्यमको विकास आजको आवश्यकता हो, कृषि उपजका क्षेत्रहरुलाई पनि समेटेर उद्यमशीलतामा जोड दिऔँ, उत्पादनका क्षेत्र पहिचान गरौँ, सरकारले उत्पादनको आधारमा अनुदान तथा सहुलियत दिनेछ”, मन्त्री भण्डारीले रासससँग भने । उनले नेपालमा खाद्यान्न आयातलाई प्रतिस्थापन गर्न नेपालमै आवश्यक खाद्यान्न उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले भने, “उद्यमशीलता विकासले रोजगारी सृजना हुन्छ, काम गर्ने अवसर प्राप्त हुन्छ र सरकारको आन्तरिक राजश्व वृद्धिमा पनि टेवा पुग्नेछ ।”
मन्त्री भण्डारीले बाह्य लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताए । “निजी होटल, रिसोर्ट निर्माणले पर्यटकीय गन्तव्य बढ्दछन्, पर्यटन ‘हब’का रुपमा विकास हुँदा विदेशी पर्यटकलाई आकर्षण गर्न सकिन्छ”, उनले भने । नेपालका अन्य क्षेत्रमा पनि लगानी गर्न सरकार प्रोत्साहन गर्ने उहाँको धारणा थियो । उनले भने, “तेस्रो लगानी सम्मेलन सम्पन्न हुँदा नेपालको उद्योग, पर्यटन, कृषिमा सरकारले प्राथमिकीकरण गरेका क्षेत्रहरुमा मित्रराष्ट्रका लगानीहरुलाई हामी भित्र्याउन चाहन्छौँ ।” मन्त्री भण्डारीले नेपालको आन्तरिक स्रोत र साधनको उपयोग गर्न सक्यौँ भने उद्यमशीलतामार्फत व्यापार घाटा न्यूनीकरण हुँदै जाने अपेक्षा गरे ।
उनले भने, “असन्तुलन भएको व्यापार घाटा न्यूनीकरणका लागि पनि आन्तरिक स्रोत र साधनको उपयोग र उपभोग गर्नैपर्छ ।” जल सम्पदाको अपार धनी नेपालमा ऊर्जाको विकास नै समृद्धिको आधार भएको मन्त्री भण्डारीको भनाइ थियो । उनले सरकारले उद्यामशीलताका माध्यमबाट राष्ट्रिय पूँजी निर्माण गरी रोजगारी सृजना गर्नसके मात्र ‘सुखी नेपाली र समृद्ध नेपाल’को आकाङ्क्षा पूरा हुने बताए ।
















माघ २५ गते बुधबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
आइसीसी टि–२० विश्वकप : भारतको विजयी सुरुवात
टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
आज २०८२ साल माघ २२ गते बिहीबारको राशिफल
प्रतिक्रिया