६ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । सरकारले राजपत्राङ्कित केही विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका सचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
जसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा सरुवा भएका छन् भने त्यहाँका सचिव डा. दिपक काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् ।
त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खराललाइ कृषि तथा पशुपन्छी विकास मन्त्रालय (पशुपन्छी), पशुपन्छीका डा. रेवती रमण पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) र कृषि तर्फका सचिव डा. गोविन्द प्रसाद शर्मालाई वन तथा वातावरण मन्त्रालयमा सरुवा गरिएकाे छ ।
यता लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याल उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएकी छन् ।
















यामाहाको विवाह सिजन अफर ‘मायासँग मायाको यात्रा’ सार्वजनिक
अमेरिकी विशेष दूतको भेनेजुएला भ्रमण, द्विपक्षीय वार्ता अघि बढ्ने
नेशनल लाईफ इन्स्योरेन्सको १ दिने तालिम सम्पन्न
महोत्तरी–२ का मतदाताका गुनासा– बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया