स्वरुपराज आचार्यको स्वरमा ‘सम्हालेर राखेको छु’ सार्वजनिक (भिडियाे)
काठमाडौं। जातीय विभेदमात्रै नभएर वर्गीय विभेदको खाडल झन्झन् बढ्दै गएको तितो यर्थात जगजायर छ। यो अवस्था हेर्दा समाज जति परिवर्तनशील भए पनि मानिसहरूको चेतनाको स्तर अर्थात् मानसिकता अझैं बदलिन सकेको छैन।
यस्तो परिस्थितिमा प्रेम गर्ने जोडीहरू कि मर्नु परेको छ कि एक्लिनु परेको छ। यही भाव व्यक्त गर्ने सुरेन्द्र दियालीको ‘सम्मालेर राखेको छु’ बोलको गीतलाई गायक स्वरुपराज आचार्यले बजारमा ल्याएका छन्।
गीतका शब्दले अत्यन्तै हृदयस्पर्शी भएकै कारण गाउन चाहेको बताए आचार्यले। उनले भने, ‘गीत प्रेमिल छ। विगतको पल सम्झिएर बाँच्नेहरु पनि धेरै छन्।’
व्यापार, अभिनय र साामाजिक काममा सक्रिय गीतकार सुरेन्द्र गायक आर्चायको कुरामा सहमत राख्दै भने, ‘आफ्नै परिवेशको कथालाई गीतका शब्दमा उन्ने कोसिस गरेको हो। अब दर्शकको भयो।’
नायिका तथा मोडल गरिमा शर्मा र गीतकार सुरेन्द्र स्वयंले अभिनय गरेका छन्।
नवीन कार्कीको कम्पोज रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। उत्तम हुमागाइँको छायांकन तथा निर्देशन चल्तीका म्युजिक भिडियो निर्देशक निकेश खड्काले गरेका हुन्। गीत ओएसआर डिजिटलबाट बजारमा ल्याइएको हो।
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया