धनगढीबाट साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०८१ वैशाख २३ गते १८:२०

धनगढी। धनगढीमा साढे पाँच लाखका अवैध मोबाइलसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–४ ओमशान्ति टोलबाट भारतको लखिमपुर खिरीका २३ वर्षीय आयुष गप्ता भन्सार छलीका मोबाइलसहित पक्राउ परेका हुन्।
कैलाली प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा सरल सिंहको घरको कोठाबाट पाँच लाख ३२ हजार आठ सय १० का मोबाइलसहित गुप्तालाई पक्राउ गरिएको हो।
प्रहरी सहायक निरिक्षक गजेन्द्रबहादुर चन्दको टोलीले सामसुङ कम्पनीका ५८ थान मोबाइल, नोकिया कम्पनीका ५२ थामन, गलास २६ प्याकेट, क्यामेरा गलास ३२८ पिस, पाँच रोल चार्जर, सादा मोबाइलका डिस्पिले ३७९ पिस, ६ डिब्बा मोबाइल पार्ट, ३३९ फोल्डर बरामद गरिएको हो। गुप्तासहित भन्साल छलीको सामान कारबाहीका लागि कैलाली भन्सार कार्यालय पठाइएको छ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
यी हुन् मन्त्रिपरिषद्का ३ निर्णय
सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया