भन्सार विभागले माग्यो ६६० एजेन्टका लागि आवेदन
स्नातक पासले मात्र आवेदन दिन पाउने
मेरोन्यूज
२०७७ चैत १६ गते ८:१९

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्रका लागि ६ सय ६० जनाको दरखास्त माग गरेको छ ।
योग्यता पुगेका व्यक्तिले अनलाइनबाट दरखास्त दिन सक्ने विभागले जनाएको छ । २१ वर्ष उमेर पुगेका र मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उतिर्ण गरी कम्युटरको ३ महिनाको आधारभुत तालिम लिएको व्यक्तिले दरखास्त दिन सक्ने विभागले जनाएको छ ।
यस्तै सरकारलाई तिर्न बुझाउन पर्ने रकम बाँकी नभएको र फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित नभएको हुनुपर्ने पनि विभागको सूचनामा उल्लेख छ ।
इच्छुक उम्मेदवारले आगामी बैशाख ५ गतेसम्म तीन हजा रुपैयाँ तिरेर दरखास्त दिन सक्ने तथा दोब्बर दस्तुरमा थप एक हप्ता दरखास्तको समय रहने छ । परिक्षा केन्द्र काठमाडौं उपत्यकामा मात्र रहेने र सो सम्वन्धी थप विवरण पछि सार्वजनिक गर्ने विभागको सूचनामा उल्लेख छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया