चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ

बनियानी (झापा) । झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेन्जिन पलडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
चाँदी लिएर चन्द्रगढी झापाबाट काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट ती महिलालाई पक्राउ गरिएको उनले बताए ।
कालो झोलामा र सुटकेस बोकेकी उनलाई जाँचका क्रममा सुटकेसभित्र कालो प्लाष्टिकको झोलामा चाँदीजस्तो देखिने दुईवटा सेतो धातुको (दुई केजी पाँच ग्राम) र कालो रङको पर्सभित्र भारु पाँच सय दरका ५७ थान नोट, आइफोन १२ प्रो म्याक्स एक थान, दुई थान नेपाली सिमकार्ड र एक थान भारतीय कम्पनीको सिमकार्ड फेला परेको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाई र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया