चन्द्रगढी विमानस्थलबाट २ किलो ५ ग्राम चाँदीसहित एक भारतीय महिला पक्राउ

बनियानी (झापा) । झापाको भद्रपुर–८ स्थित चन्द्रगढी विमानस्थलबाट चाँदी र भारतीय रुपैयाँसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड राज्य देहरादुनस्थित तिब्बतीयन कोलोनीकी ३१ वर्षीया तेन्जिन पलडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
चाँदी लिएर चन्द्रगढी झापाबाट काठमाडौँ जाँदै गरेको भन्ने सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बेलुका ६ः३० बजे विमानस्थल कार्यालय परिसरबाट ती महिलालाई पक्राउ गरिएको उनले बताए ।
कालो झोलामा र सुटकेस बोकेकी उनलाई जाँचका क्रममा सुटकेसभित्र कालो प्लाष्टिकको झोलामा चाँदीजस्तो देखिने दुईवटा सेतो धातुको (दुई केजी पाँच ग्राम) र कालो रङको पर्सभित्र भारु पाँच सय दरका ५७ थान नोट, आइफोन १२ प्रो म्याक्स एक थान, दुई थान नेपाली सिमकार्ड र एक थान भारतीय कम्पनीको सिमकार्ड फेला परेको थियो ।
उनलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाई र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया