बुधबार, मंसिर १७, २०८२

मेष र वृषको दाम्पत्य जीवन सुखमय हुने, अन्य राशिकाे कस्ताे छ दिन?

मेरोन्यूज २०८१ वैशाख ३० गते ७:११

आजमिति २०८१ साल वैशाख ३०गते आईतबार तदअनुसार मे १२ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको पञ्चमी तिथी, आद्रा नक्षत्र, । घृति योग  ।  चन्द्र राशि मिथुन । यो  शुभ योग हो ।

यस्ताे छ आजकाे तपाईको राशिफल : –

मेष : सांस्कृतिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक कार्यमा सहभागी भइनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। वुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ तर साँझमा झन्झटिलो कार्यमा समय खेरा जानसक्छ।  

वृष : प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। जोशजाँगर र हिम्मत बढ्नेछ। वाहन वा भूमिबाट पनि लाभ रहला। स्वादिष्ट र सुखद् भोजन मिल्नेछ तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ।

मिथुन : शुभकार्यको चर्चा चल्नेछ। चलाखीपूर्ण बोलीले कार्य सिद्ध होला। पारिवारिक प्रेम सम्बन्ध कसिलो हुनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्न सक्छन्। सट्टेबाजी र सेयरबजारमा गरेको लगानीले राम्रै प्रतिफल दिलाउनेछ।

कर्कट : स्वास्थ्यप्रति सजग रहन आवश्यक छ। पारिवारिक समस्या आइपर्ला। विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ तर धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। प्रणय सम्बन्ध सामान्य नै रहने देखिन्छ।

सिंह : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आकस्मिक धनलाभ हुनेछ। दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला।

सिंह : पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। आकस्मिक धनलाभ हुनेछ। दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेसा व्यवसायबाट भनेजस्तो पैसा कमाउन सकिएला।

तुला : सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ। मनमा खुसियाली बढ्नेछ। स्वादिष्ट परिकार खान पाइएला। लामो समयदेखि रोकिएका कामहरू पूरा हुनेछन्।

वृश्चिक : गलत निर्णय लिन पुगिएला। विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ। जिद्दीपनाले गर्दा काम बिग्रिने डर छ। स्फूर्ति र उमङ्गको कमी हुनेछ। मनमा चञ्चलता बढ्नेछ तर साँझमा शुभ समाचार सुन्नमा आउला।

धनु : परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। जीवन सामान्य नै रहनेछ। महत्त्वपूर्ण कामको थालनी हुनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्ने तर वैदेशिक क्षेत्रको काम भने अधुरै रहला।

मकर : रमणीय र सुखद् यात्राको योग छ। नयाँ वस्त्र उपहार पाइनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्राविधिक कार्यबाट सफलता मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।   

कुम्भ : तीर्थाटनको योग छ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ। सेयरबजारको लगानीबाट भने राम्रै लाभ हुनेछ। पारिवारिक माहोल तथा माङ्गलिक कार्यमा सहभागि भइनेछ। शुभ कार्यको चर्चा चल्नाले मनमा शान्ति छाउनेछ।

मीन : समय मध्यम खालको छ। आफ्नो विचार विपरित निर्णय हुनेछ। पुँजी बजारमा नोक्सानी हुनसक्छ। परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ। लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला।

प्रतिक्रिया