सोमबार, पुष १४, २०८२

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

मेरोन्यूज २०८१ वैशाख ३० गते ७:१९

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गए राति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

धिमालको बीच बाटोमै हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए । सो घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको जानकारी उनले जानकारी दिएका छन् ।

हत्याको कारण खुलिनसकेको उनले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको देखिएको प्रहरीको भनाइ छ । धिमाललाई गए राति नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।


प्रतिक्रिया