भन्सार विभागमा १०औँ दिनपनि आजपाकाे आन्दोलन जारी

काठमाडौं । आम जनता पार्टी (आजपा) ले भन्सारको विभेदकारी प्रावधान विरुद्ध १० औँ दिनपनि आन्दोलन जारी राखेको छ ।
आज आन्दोलनको दशौँ दिन पनि भन्सार विभागमा आन्दोलनकारीहरुले धर्ना र घेराऊ कार्यक्रम जारी राखेका हुन् । उनीहरुले विभागमा कुनै पनि गाडी छिर्न दिएका छैनन् ।
आजपाले भन्सार नियन्त्रणको नाममा तराई/मधेस क्षेत्रको जनताको निजी सम्पति लुट्ने काम तुरुन्त बन्द गर्न तथा भन्सार कानुनमा रहेका सम्पूर्ण विभेदकारी एवं लूटकारी प्रावधान हटाउन भन्सार बिभाग मार्फत सरकारसंग माग गरेको छ ।
भदौ महिनादेखि शुरू भएको उक्त आन्दोलनले राजस्व सम्बन्धी सम्पूर्ण कानुनमा एकरुपता ल्याउन, भन्सार कानुनबाट पुरस्कार सम्बन्धी सम्पूर्ण प्रावधान हटाउने, भन्सार नियन्त्रणको नाममा निजी सम्पति लुट्ने काम बन्द गर्ने तथा नाका नाकामा भन्सार कार्यालय स्थापना एवं स्तरवृद्धि गर्ने जस्ता मागहरु राखेकाे छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया