कांग्रेसको बटमलाइन- संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
उनले राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने- ‘ यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।’
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।
















कैलाली – १ बाट रेशम चौधरीले दर्ता गराए उम्मेदवारी
चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति
महेश बस्नेतले गराए उम्मेदवारी दर्ता
काठमाडौं– ५ मा कमल थापाले गराए उम्मेदवारी दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया