नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिम: स्कट एडवर्ड्स (कप्तान), आर्यन दत्त, बास डे लीडे, डेनियल डोरम, फ्रेड क्लासेन, लोगान भ्यान बेक, म्याक्स ओ’डाउड, माइकल लेविट, पल भ्यान मिकेरेन, साइब्रान्ड एंगेलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह , भिभ किन्ग्मा, वेस्ले बारेसी । त्यस्तै रिजर्भ खेलाडीको रुपमा काइल क्लेन रहेका छन् ।
टी-२० विश्वकपमा नेदरल्याण्डस नेपाल रहेको समुह डी मै रहेको छ । यस समुहमा नेदरल्याण्डस र नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् । नेदरल्याण्डसले विश्वकपमा आफ्नो पहिलो खेल जुन ४ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।
















हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्दै फोरजीमा रूपान्तरण सुरु गर्ने
ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
प्रतिक्रिया