श्रममन्त्री अर्याल र साइप्रसका हाइ कमिश्नरबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र साइप्रसका हाइ कमिश्नर एवागोरस व्रियोनाइड्सबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटमा साइप्रस र नेपालबीच श्रमलगायत आपसी हितका विषयमा छलफल भएको थियो । छलफलमा श्रममन्त्री अर्यालले साइप्रस जाने नेपाली श्रमिकको सीप विकासको कार्यमा सहकार्य गर्न आग्रह गरेको श्रममन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
साइप्रस सरकारले माग गरेअनुसार श्रमिक पठाउन तालिम सञ्चालन गर्नुपर्ने भएकाले सहयोग गर्न समेत मन्त्री अर्यालले आग्रह गरे। साइप्रसमा हाल २० हजार नेपाली श्रमिक छन् । सेवा क्षेत्र र घरेलु श्रमिकको रुपमा नेपाली श्रमिक साइप्रस पुगेका छन् ।
साइप्रस जाने सबै खालका श्रमिकलाई सीप सिकाउन नेपाल सरकार आतुर रहेको श्रममन्त्री अर्यालले बताए । भेटमा साइप्रसका हाइ कमिश्नर व्रियोनाइड्सले दक्ष नेपाली श्रमिक साइप्रस पठाउन सके राम्रो हुने बताए ।
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया