‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्वजनिक

काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।
बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।
गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ ।
नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।
आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।
दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।
गीतको लिंक- https://www.youtube.com/watch?v=e-1n5Pb6Shs









सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया