८ करोड बराबरको कोकिनसहित तीन विदेशी महिला पक्राउ

काठमाडौं । प्रहरीले करिब ८ करोड मूल्य बराबरको लागुऔषध कोकिनसहित तीनजना विदेशी महिलालाई नियन्त्रणमा लिएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोले बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न स्थानबाट २ किलो ६५४ ग्राम कोकिनसहित तीन महिलालाई पक्राउ गरेको जानकारी दिएको हो ।
वैशाख ३० गते कतारबाट काठमाडौं आएकी युगान्डाकी ४४ वर्षीया केभिना मुगाला सिनामंगलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको पेटभित्र लागुऔषध रहेको शंका लागेपछि प्रहरीले प्रहरी अस्पताल लगेर पेटबाट १ किलो २६० ग्राम कोकिन निकालेको थियो ।
यस्तै जेठ २ गते धोबीचौरबाट पक्राउ परेकी युगान्डाकै लिलयान सु्सनसाथबाट १ किलो ३९४ ग्राम कोकिन बरामद भएको थियो। यसैगरी भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पाल जेठ २ गते पक्राउ परेकी थिइन् । उनको साथबाट ३९४ ग्राम कोकिन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजना अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीले जनाएको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया