सत्तारुढ दल र कांग्रेसबीच बालुवाटारमा छलफल सुरू

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच बालुवाटारमा छलफल सुरु भएको छ ।
जारी सत्तापक्षबाट छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रवि लामिछाने र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् ।
यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
यसअघि आजै एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको छलफल सकारात्मक भएको भन्दै भोलि बिहानसम्म सदनमा देखिएको अवरोध हट्ने बताएका थिए ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया