फैसला पुनरावलोकनको निवेदन लिएर प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वोच्च अदालत पुगेका छन् ।
गत फागुन २३ गते नेकपा नाम ऋषि कट्टेललाई दिई एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रचण्ड सर्वोच्च पुगेका हुन् ।
सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो । माओवादी केन्द्रले यसअघि कानून व्यवसायी लगायत सरोकारवाला पक्षसँग छलफल गरी पुनरावेदन दिने निष्कर्षमा पुगेको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो । तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।
सर्वोच्चले एमाले र माओवादी केन्द्रबचि एकता भइ बनेको नेकपाको दर्ता कानून सम्मत नदेखिएको भन्दै गत फागुन २३ गते खारेज गर्ने फैसला गरेको थियो । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र २०७७ जेठ ३ गते अगाडी कै अवस्थामा फर्किएका छन् । अदालतको उक्त फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्र भने पुनरावलोकनको तयारीमा लागेको हो ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया