एमाले भक्तपुरको अध्यक्षमा देउजा
मेरोन्यूज
२०८१ जेठ ६ गते १६:३३

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन्। यसअघि पनि जिल्ला अध्यक्ष रहेका देउजाले दुई सय ९० मत प्राप्त गरेका छन्। उनका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गरे । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटि सचिव थिए।
त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी भएका छन्। सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी भएका छन् । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमितिसमेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित
















प्रहरी घेरा ताेडेर सिंहदरबार गेटमा पुगे एमालेका कार्यकर्ता
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
एमाले प्रदर्शनले माइतीघर, बबरमहल क्षेत्र तनावग्रस्त
सानेपामा कांग्रेसको ‘संसदीय सचेतना कार्यक्रम’
हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
प्रतिक्रिया