एमाले भक्तपुरको अध्यक्षमा देउजा
मेरोन्यूज
२०८१ जेठ ६ गते १६:३३

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भक्तपुरको नवौँ अधिवेशनबाट अध्यक्षमा दोस्रो कार्यकालका वचन देउजा निर्वाचित भएका छन्। यसअघि पनि जिल्ला अध्यक्ष रहेका देउजाले दुई सय ९० मत प्राप्त गरेका छन्। उनका प्रत्यासी मोहनवीर श्रेष्ठले दुई सय एक मत प्राप्त गरे । अध्यक्षका प्रत्यासी श्रेष्ठ यसअघि जिल्ला कमिटि सचिव थिए।
त्यसैगरि उपाध्यक्षमा किरण थापा विजयी भएका छन्। सचिवमा विष्णु तामाङ, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल विजयी भएका छन् । प्रत्येक वडाबाट सदस्य सङ्ख्याको आधारमा र १८ वटा जनवर्गीय सङ्गठन, सल्लाहकार समेत गरी कूल चार सय ९८ जना अधिवेशन प्रतिनिधि सहभागी थिए । त्यसमध्ये कूल चार सय ९१ मत खसेको थियो । सदस्य र लेखासमितिसमेत गरी एक सय १३ सदस्य निर्वाचित भएको निर्वाचन अधिकृत शिवराम तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित
















रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
पूर्वसभामुख घिमिरे र पूर्वउपसभामुख रानाको भिडन्त निश्चित, गराए उम्मेदवारी मनोनयन
ताप्लेजुङका प्रभावशाली २ नेता एमालेमा प्रवेश
ओलीले दर्ता गराए उम्मेदवारी
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया