बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ (बिआरआई) कार्यान्वयन योजनासम्बन्धी लेखन अन्तिम चरणमा पुगेको छ । नेपालले यसमा दुई देशलाई उपयुक्त हुने समयमा हस्ताक्षर गर्ने भएको छ ।
उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले यहाँस्थित चिनियाँ राजदूतावासले आज ‘नेपाल चीन सम्बन्धको समीक्षा र उन्नत भविष्य’ विषयमा आयोजना गरेको विचारगोष्ठीमा सो जानकारी दिँदै योजनाको कार्यान्वयनपछि यथार्थमा देख्न सकिने परिणाम आउने विश्वास व्यक्त गरे । दुवै देशले सन् १९१७ मे १२ मा बिआरआई ढाँचाभित्र द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा परराष्ट्रमन्त्री श्रेष्ठले जलवायु परिवर्तनको गलत असरविरुद्ध लड्नेलगायत साझा विकास प्रयासमा सँगै संलग्न हुनका लागि चिनियाँ राष्ट्रपति सी चीनफिङले अघि सारेको र संयुक्त राष्ट्र सङ्घमा गठित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई) का मित्रहरूको समूहमा नेपाल पनि सहभागी हुने निर्णय गरिसकिएको जानकारी दिए ।
अर्को एक प्रसङ्गमा उनले भने, “नेपाल चीनसँग कनेक्टिभिटी, पूर्वाधार विकास, कृषि, व्यापार, पर्यटन, लगानी, सूचना र सञ्चार प्रविधि तथा जनता जनताबिचको सम्बन्धलगायत महत्त्वपूर्ण क्षेत्रमा फराकिलो र गहिरो सहयोगका लागि प्रतिबद्ध छ ।”
















माधव नेपाल रौतहट –१ बाट उम्मेदवार
Trump ties his stance on Greenland to not getting Nobel Peace Prize
Education Minister resigns
पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया