प्रचण्डलाई कांग्रेसकाे प्रश्न- जंगलबाट राजनीतिमा ल्याएको बिर्सिनुभो ?

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिँदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गरे ।
‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं’. उनले भने, ‘तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ! हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो !’
लेखकले संसदमा भएको गतिबिधि संसदीय मुल्य र मान्यता विपरित भएको बताउँदै आफुहरु यसको विरुद्ध लड्ने बताए । उनले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताए ।
















पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया