वाग्मतीमा संसदीय समितिका सभापतिले लिए शपथ

मकवानपुर । वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिका नवनिर्वाचित सभापतिलाई आज एक समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका छन् ।
प्रदेशसभा नियमावली २०७४ अनुसार अब विषयगत छ समिति रहने व्यवस्था गरिएको छ । उक्त विषयगत समितिअन्तर्गत पर्ने प्रदेश मामिला समितिको सभापतिमा छिरिङदोर्जे लामा, सार्वजिनक लेखा समितिको सभापतिमा श्रीराम लामिछाने र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा ठाकुरप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, अर्थ तथा विकास समितिको सभापतिमा नुर बज्राचार्य, उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा आनन्दकुमार श्रेष्ठ र विशेषाधिकार समितिको सभापतिमा मायादेवी शर्मा पनि निर्विरोध निर्वाचित भए ।
प्रदेशसभाको पहिलो कार्यकालअन्तर्गत विषयगत पाँच समिति रहेकामा हाल सर्वदलीय संयुक्त बैठकको निर्णय भएअनुसार विशेषाधिकार समिति गठन गरिएको र त्यसलाई प्रदेशसभाको बैठकले स्वीकृत प्रदान गरेको थियो ।
प्रदेशसभाको बैठकले स्वीकृति प्रदान गरेअनुसार विशेषाधिकार समितिले पनि स्थायित्व प्रदान गरिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक मधुसूदन पौडेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
















पदभार ग्रहण गर्दै कानुनमन्त्री सोविता गौतमले के भनिन्?
नवनियुक्त सञ्चारमन्त्री तिमिल्सिनाद्वारा पदभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
प्रतिक्रिया