इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति रोमानियाबाट पक्राउ
मेरोन्यूज
२०८१ जेठ ९ गते १८:२७

काठमाडौं । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रामेछाप खाँडादेवी गाउँपालिका-९ बस्ने २४ वर्षीय गौरब नेपाली पक्राउ परेका छन् । रोमानिया प्रहरीको समन्वयमा रोमानियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।
गौरब भएको जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अप्रिल २४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको छ ।
सम्बन्धित











एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारबारे छलफल हुने
मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
फेरि महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
प्रतिक्रिया