‘द पोइट आइडल’को विजेता बने सिक्किमका सिमियोन

काठमाडौं । कविताको टेलिभिजन रियालिटी शो ‘द पोइट आइडल सिजन( २ को विजेता सिक्किमका कवि सिमियोन सुकिता राई बनेका छन् ।
उनले पुरस्कार बापत् नगद दश लाख पाउने भएका छन् । साथै, उनले एक किताब प्रकाशनमा लागि प्रकाशक ‘कथा लय‘सँग सम्झौता गरेका छन् ।
इमाडोलस्थित एड्भान्स स्टुडियो शनिबार साँझ प्रतिस्पर्धी मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि प्रतिस्पर्धी उनी विजेता बनेका हुन् ।
अनलाइन भोटिङका आधारमा उनी विजेता घोषित भएका हुन् । जेठ १ गते देखि जेठ १२ गते साँझ ७ बजेसम्मका लागि भोटिङ खुला गरिएको थियो ।
यो प्रतियोगिता गत माघ २९ गतेबाट सुरु भएको हो । निर्णायकमा कवि विप्लव प्रतीक, उपेन्द्र सुब्बाका, निर्देशक एवं रंगकर्मी अनुप बराल र अभिनेत्री केकी अधिकारी थिए । कार्यक्रम सञ्चालकका रूपमा अभिनेता दिव्य देव पन्त थिए ।
प्रख्यात कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीको सम्झनामा भएको यस कार्यक्रमका निर्माता एवं निर्देशक क्षेत्रप्रताप अधिकारी कै छोरा अमनप्रताप अधिकारी हुन् ।
यस प्रतियोगिताको सिजन १ को विजेता पनि सिक्किमकी निलम राई हुन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया