‘पुजार सार्की’ काे ४ दिनमा कमाइ कति ?

काठमाडौं । गत बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘पुजार सार्की’ले यतिबेला ब्लकबस्टर व्यापार गरिरहेको छ ।
रिलिजको ४ दिन पुरागरिसकेको यस फिल्मले पहिलो दिन नै उत्साहजनक व्यापार गरेको थियो । फिल्मले यस दिन झन्डै १ करोड हाराहारीमा कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
यस्तै दोस्रो दिन शुक्रबार करिब २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बताइएको छ ।
फिल्मले रिलिजको तेस्रो दिन शनिबार भने फेरी उकालो लाग्दै झन्डै १ करोड बराबरको व्यापार गरेको बताइएको छ । यस्तै आइतबार भने २० लाखसम्म कलेक्शन भएको बुझिएको छ ।
‘पुजार सार्की’ रिलिजको आज पाँचौँ दिनपनि काठमाडौं र बाहिरका उल्लेख्य हलमा दर्शकको चाप देखिएको छ। मङ्गलवार गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा भएकोले यो चलचित्रले दर्शकलाई पुनः हलमा फर्काउने विश्वास गरिएको छ।
दिनेस राउतले निर्देशन गरेको यस फिल्ममा तीन ठूला स्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा देखिएका छन्। उनीहरुबाहेक अञ्जना बराइली र परीक्षा लिम्बुको पनि मुख्य भूमिका छ।
फिल्ममा जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा संघर्षको कथा देखाइएको छ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया