कीर्तिमानी पूर्णिमालाई काठमाडौँमा स्वागत
मेरोन्यूज
२०८१ जेठ १४ गते १७:२९

काठमाडौँ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ ।
सोमबार लुक्लाबाट काठमाडौँ आएकी कीर्तिमानी श्रेष्ठलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत तथा बधाईज्ञापन गरिएको हो ।
पूर्णिमाले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सगरमाथाको आरोहण गरेकी छिन् । यो याममा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक र मे २५ शनिबार बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी पूर्णिमाले गत वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
सम्बन्धित
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया