कीर्तिमानी पूर्णिमालाई काठमाडौँमा स्वागत
मेरोन्यूज
२०८१ जेठ १४ गते १७:२९

काठमाडौँ । एकै सिजनमा तीन पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्न सफल पर्वतारोही तथा सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई काठमाडौँमा स्वागत गरिएको छ ।
सोमबार लुक्लाबाट काठमाडौँ आएकी कीर्तिमानी श्रेष्ठलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत तथा बधाईज्ञापन गरिएको हो ।
पूर्णिमाले यो सिजनमा तीन पटक र सन् २०१८ मा एक पटक गरी चार पटक सगरमाथाको आरोहण गरेकी छिन् । यो याममा उनले मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक र मे २५ शनिबार बिहान तेस्रो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर कीर्तिमान बनाएकी हुन् ।
विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी पूर्णिमाले गत वर्ष पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया