गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो

बनियानी (झापा) । झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो ।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार आमा र शिशुलाई आवश्यक पौष्टिकतत्व पूर्ति गरी उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम ल्याएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरीलाई यसबाट बढी फाइदा पुग्नेछ ।”
झापाका १५ वटै स्थानीय तहलाई पौष्टिक पिठो निःशुल्क वितरणका लागि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्धशान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार ६ सय किलो तथा कमलमा एक हजार किलो पौष्टिक पिठो उपलब्ध गराएको छ ।
त्यस्तै दमकमा एक हजार ६ सय किलो, गौरादहमा एक हजार दुई सय किलो, गौरीगञ्जमा एक हजार किलो, झापा गाउँपालिकामा नौ सय किलो, बाह्रदशीमा नौ सय किलो, बिर्तामोडमा एक हजार दुई सय किलो, हल्दिबारीमा एक हजार किलो, भद्रपुरमा एक हजार दुई सय किलो तथा कचनकवलमा नौ सय किलो पिठो पठाएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए। सम्बन्धित पालिकाले उक्त पिठो स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने छन् ।














पर्सामा एक सय ६७ मतदानस्थल कायम
सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
माघ शुक्ल प्रतिपदा : आज हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया