गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो

बनियानी (झापा) । झापाका गर्भवती तथा सुत्केरीका लागि कोशी प्रदेश सरकारले पौष्टिक पिठो उपलब्ध गराएको छ । तीन महिनाकी गर्भवतीदेखि दुई वर्षसम्मको सुत्केरीका लागि प्रदेश सरकारले झापाका लागि ३० हजार नौ सय २० किलो पौष्टिक पिठो उपलब्ध गराएको हो ।
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार आमा र शिशुलाई आवश्यक पौष्टिकतत्व पूर्ति गरी उनीहरूको स्वास्थ्यमा सुधार ल्याउन प्रदेश सरकारले उक्त कार्यक्रम ल्याएको हो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका गर्भवती र सुत्केरीलाई यसबाट बढी फाइदा पुग्नेछ ।”
झापाका १५ वटै स्थानीय तहलाई पौष्टिक पिठो निःशुल्क वितरणका लागि उपलब्ध गराइएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा मेचीनगरमा एक हजार आठ सय किलो, बुद्धशान्तिमा एक हजार किलो, अर्जुनधारामा एक हजार चार सय किलो, कनकाईमा सात सय किलो, शिवसताक्षीमा एक हजार दुई सय किलो, दमकमा एक हजार ६ सय किलो तथा कमलमा एक हजार किलो पौष्टिक पिठो उपलब्ध गराएको छ ।
त्यस्तै दमकमा एक हजार ६ सय किलो, गौरादहमा एक हजार दुई सय किलो, गौरीगञ्जमा एक हजार किलो, झापा गाउँपालिकामा नौ सय किलो, बाह्रदशीमा नौ सय किलो, बिर्तामोडमा एक हजार दुई सय किलो, हल्दिबारीमा एक हजार किलो, भद्रपुरमा एक हजार दुई सय किलो तथा कचनकवलमा नौ सय किलो पिठो पठाएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए। सम्बन्धित पालिकाले उक्त पिठो स्वास्थ्य संस्थाबाट लक्षित वर्गलाई निःशुल्क वितरण गर्ने छन् ।


















डोङफेङको भोयाद्वारा हुवावे हार्मोनीओएससहित ताइशान एक्स ८ एसयूभी सार्वजनिक
यामाहाको ब्लु कोड नयाँ वर्ष योजनामा ५ लाख जित्नेको नाम घोषणा
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
उत्तर कोरियाको नयाँ मिसाइल परीक्षणले बढायो तनाव
अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य: सञ्चारमन्त्री तिमिल्सिना
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया