विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने
मेरोन्यूज
२०८१ जेठ १६ गते ६:२५

काठमाडौं । दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको छ ।
यही जेठ २४ गते नेपाल र युएईबिच हुने दोस्रो राउण्डको विश्वकप छनोटको खेल साउदी अरबमा हुने भएको हो ।
दशरथ रंगशालाको संरचना र भौतिक पूर्वाधारको विषयमा एसियाली फुटबल महासघंले प्रश्न उठाएपछि घरेलु मैदानमा हुने भनिएको प्रतिस्पर्धा साउदीमा हुन लागेको हो ।
फुटबल महासंघले मैदानको अवस्था, फ्लडलाइट र समग्र प्राविधिक र भौतिक सुरक्षामाथि नै प्रश्न उठाएपछि खेल हुन नसकेको हो।
जेठ २४ गते हुने खेल साउदीको दमामामा रहेको प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा स्थानीय समय अनुसार साँझ ७ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया