बुधबार, चैत २५, २०८२

बलिउड अभिनेत्री कट्रिना आमा बन्दै

मेरोन्यूज २०८१ जेठ १६ गते ८:५७

काठमाडौं । तीन वर्षअघि सन् २०२१ विवाह गरेका बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल आमाबाबु बनेको हेर्न चाहने शुभचिन्तकको सपना पूरा हुने भएको छ।

Advertisement
nepal life insurencenepal life insurence

कट्रिना र बिक्की यतिबेला बेलायतमा छुट्टी मनाइरहेका छन्। हालै लन्डनको सडकमा यो जोडी हिँडिरहेको भिडियो इन्टरनेटमा बाहिरिएको छ। भिडियो बाहिरिएसँगै अभिनेत्री कट्रिना आमा बन्न लागेको पक्का भएको छ। सो भिडियोमा कट्रिनाले निकै खुकुलो खालको कपडा लगाएकी छन्। जसमा उनको बेबी बम्ब सजिलै देख्न सकिन्छ।

हुन त उनी आमा बन्न लागेको भन्ने चर्चा केही समय अखिदेखि नै भारतीय मिडियामा चलिरहेको थियो। उनी गर्भवती रहेको भारतीय अनलाइन पोर्टल हिन्दूस्तान टाइम्सले दाबी गरेको छ। स्रोतलाई उद्धृत गर्दैै समाचारमा कट्रिनाले सन् २०२४ को सेप्टेम्बरमा लन्डनमा नै आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेको जनाइएको छ।

कट्रिनाको सो भिडियोमा धेरैले बधाई दिएका छन् भने केहीले सेप्टेम्बर २०२४ मा आमा बन्न लागेकी अर्की अभिनेत्री दीपिका पादुकोणको भन्दा पनि कट्रिनाको बेबी बम्प ठूलो देखिएको प्रतिक्रिया दिएका छन्।

केही समयको प्रेम सम्बन्धपछि सन् २०२१ मा विवाह गरेका बिक्की र कट्रिना उमरेमा ४ वर्षका फरक छन्। कट्रिना हाल ४० वर्षकी भइन् भने विक्की ३६ वर्ष लागे।

प्रतिक्रिया