भैरहवामा बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न

भैरहवा। १७ औं गणतन्त्र दिवसको अवसरमा मंगलबार बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम सम्पन्न भएको छ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेको आयोजनामा भैरहवास्थित मिलन चोक शिव मन्दिर अगाडी बृहत सांस्कृतिक साँझ तथा सडक खाना महोत्सव कार्यक्रम गरिएको हो ।
महोत्सवमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँको प्रमुख अतिथित्यता रहेको थियो । नगर प्रमुख खाँले गणतन्त्र दिवसको शुभकामना दिँदै सिद्धार्थनगर नगरपालिकालाई सबै मिलेर सफा र हराभरा बनाउन आग्रह गरे । उनले भने हामीले विभिन्न ठाँउमा विरुवाहरु रोपेका छौ मेरो आग्रह छ कसैले पनि त्यो विरुवाहरु नटिपिदिनु होला । र साथै सडक वरपर फोहोर नफाल्न र नगरपालिको ट्याक्टर फोहो लिनु आउँदा सडेगलेका र पलास्टिक जन्य फोहोर छुट्टयाएर फोहोर दिन आग्रह गरे । यसरी नगर सफा र स्वच्छ रहन्छ खाँले भने ।
महोत्सवमा शुभकामना मन्तव्य राख्दै उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ ले यस्ता सांस्कृतिक कार्यक्रमहरु गरिरहन स्थानी सरकारले पहल गरिरहन’ पर्ने बताए । यस्ता मेला महोत्सव भयो भने नेपालमा रहेका स्थानिय कलाकारहरुलाई होसला तथा पर्यटकहरुको आवगमनमा पनि टेवा पुग्ने श्रेष्ठले बताए ।
यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरु प््रति स्थानिय सरकार गम्भिर हुन जरुरी रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ । गोत्तम बुद्ध विमास्थलको संचालन, राष्ट्रिय सडकहरुको निमार्ण र ठूला उद्योग तथा कलकारखानाहरु प्रति स्थानिय सरकारको ध्यान जान जरुरी रहेको छ । उनले भने ।
साथै अर्थतन्त्र चलायमान बनाउन सिमानाका अर्था बडर खुल्ला गर्न वातावरण तयार गर्न नगर प्रमुखलाई आग्रह गरे । बडर खुला भएपछि उद्योगि व्यापारीहरुको लागि सहज हुने अर्थतन्त्र चलायमान हुने उनको दाबी छ । गणतन्त्र दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाकÞ अहमद खाँ, उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, वडा न.ं ५ का वडाअध्यक्ष पूरण प्रसाद श्रेष्ठ, वडा न.ं ६ का वडा अध्यक्ष विरेन्द्र श्रीवास्तव र कार्यक्रम संयोजक दिनेश गुप्ताको उपस्थिती रहेको थियो । कार्यक्रममा रवि जयसवालको अध्यक्षता रहेको थियो भने कार्यक्रमको संचालन बिशाल श्रीवास्तवले गर्नु भएको थियो ।
















Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया