कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला

वीरेन्द्रनगर । वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन् । सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन् । वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन् ।
वायु प्रदूषणले यतातिर समस्या नपारेकाले विद्यालय बन्द गर्नुपर्ने अवस्था नआएको सल्यानको दर्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए । लामो समयसम्म कोभिड–१९ का कारण पठनपाठन प्रभावित भएको तथा वायु प्रदूषणको पनि प्रभाव नपरेकाले गाउँपालिकाका सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आफ्नो पालिकाभित्र वातावरणीय असहजता नभएको भन्दै नियमित विद्यालय सञ्चालन गर्ने बताएको छ । मङ्गलबार पत्र लेखेर शाखाले नगरभित्र यस्तो कुनै पनि खालको वातावरणीय असहजता नभएकाले विद्यालय नियमित सञ्चालन गर्न भनेको हो । रासस
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया