अन्तर्राष्ट्रिय फुटबलबाट कभानीको सन्यास घोषणा
मेरोन्यूज
२०८१ जेठ १८ गते १४:११

काठमाडौँ । उरुग्वेका स्ट्राइकर एडिसन कभानीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
कोपा अमेरिकाका लागि टिममा छनौट भएका कभानीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेका छन् । ३७ वर्षीया कभानीले सामाजिक सञ्जालमा लेख्दै सन्यासको घोषणा गरेका हुन् ।
कभानीले उरुग्वेका लागि १३६ अन्तर्राष्ट्रिय खेलखेलेका छन् । यस क्रममा उनले चार विश्वकपमा सहभागिता, एक कोपा अमेरिकाको उपाधि र ५८ गोलपछि सन्यासको घोषणा गरेका छन् ।
कभानी हाल अर्जेन्टिनाको बोका जुनियर्समा आफ्नो क्लब फुटबल खेल्दै छन्, जहाँ उनले १८ खेलमा १२ गोल गरिसकेका छन् ।
कभानीले यसअघि नापोली, पेरिस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेडलगायत युरोपेली शीर्ष क्लबहरूबाट खेलिसकेका छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया