सलमान खानमाथि फेरि आक्रमण प्रयास
मेरोन्यूज
२०८१ जेठ १९ गते १२:०७

बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएकाे छ ।
पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहकाे प्रयासलाई असफल पार्दै मुम्बई प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ४ जना धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया उर्फ न्हाई, वास्पी खान उर्फ वासिम चिकना र जिशान खान उर्फ जावेद खान रहेका छन् । उनीहरु लरेन्स बिश्नोई गिरोहका सदस्य हुन् ।
चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसैगरी प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी बरारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।
यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया