सलमान खानमाथि फेरि आक्रमण प्रयास
मेरोन्यूज
२०८१ जेठ १९ गते १२:०७

बलिउड अभिनेता सलमान खानमाथि फेरि आक्रमण प्रयास भएकाे छ ।
पनवेलमा सलमानको कारमा आक्रमण गर्ने योजना बनाएका लरेन्स बिश्नोईको गिरोहकाे प्रयासलाई असफल पार्दै मुम्बई प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका ४ जना धनञ्जय उर्फ अजय कश्यप, गौरव भाटिया उर्फ न्हाई, वास्पी खान उर्फ वासिम चिकना र जिशान खान उर्फ जावेद खान रहेका छन् । उनीहरु लरेन्स बिश्नोई गिरोहका सदस्य हुन् ।
चारै जना विरुद्ध आईपीसीको धारा ११५, १२० (बी), ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। यसैगरी प्रहरीले लरेन्स बिश्नोई, अनमोल बिश्नोई, गोल्डी बरारलगायत १८ जनाविरुद्ध एफआईआर दर्ता गरेको छ ।
यसअघि १४ अप्रिलमा बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाइएको थियो।
सम्बन्धित









यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
आज शनिवार, कुन विदेशि मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया