विश्वकप क्रिकेट: ओमानविरुद्धको खेलमा नामिबिया विजयी

काठमाडौँ। आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ ।
बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो भने ओमान १० रनमा सीमित रह्यो ।
त्यसअघि ओमानले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर एक सय नौ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । नामिबियाका लागि जान फ्रिलिङ्कले ४८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४५ रन बनाए । त्यस्तै निकोलस डेभिडले ३१ बलमा २ चौका र एक छक्का प्रहार गरी २४ रन जोडे । कप्तान गेहार्ड इरास्मसले १६ बल खेलेर १३ रन बनाए ।
बलिङतर्फ ओमानका मेहरान खानले तीन विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले समान एक(एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान १९ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । ओमानलाई सामान्य योगफलमा समेट्न नामिबियाका रूबेन ट्रम्पलम्यानले चार विकेट लिएका थिए ।
प्रतियोगितामा ओमानका लागि खालिद काइलले ३४, जिसन मक्सुदले २२, आयान खानले १५ तथा शकील अहमदले ११ रन बनाए । नामिबियाका रुबिन ट्रम्पलम्यानले चार विकेट लिए भने डेभिड विसले तीन विकेट लिए । त्यस्तै जेराल्ड इरास्मसले दुई तथा बर्नार्ड स्कोल्जले एक विकेट लिएका थिए ।












Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
देशभर पश्चिमी वायुको प्रभाव कायमै, काठमाडौँमा बिहानीको तापक्रम ३ डिग्री सेल्सियस
आज नेकपाका २ हजार ४ सय ९९ केन्द्रीय कमिटी सदस्यले शपथ लिँदै
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया