आगामी आर्थिक वर्षको बजेट प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०८१/८२ को बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोडदिएका छन् ।
आर्थिक वर्ष २०८१८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद कमला पन्तले अर्थतन्त्रलाई चलायमान बनाउन र आर्थिक मन्दीको समाधन खोज्न बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको बताए ।
“सन् २०२५ लाई पर्यटन वर्ष मनाउनेसम्बन्धी कुनै विषय उल्लेख गरिएको छैन, के सरकार यस्ता प्रतिबद्धताबाट पछि हटेको हो रु हामी स्पष्ट हुन चाहान्छौँ”, उनले प्रश्न गरे ।
सांसद मायाप्रसाद शर्माले आगामी आवको बजेट नयाँ ढङ्गले यथार्थपरकरुपमा आएको टिप्पणी गरे । उनले भने, “नीति तथा कार्यक्रम र बजेट वक्तत्व सबै अध्ययन गर्दा गतिशील देखिन्छ । हिजोका दिनमा गर्नुपर्ने प्रतिबद्धतासँगै समस्या पनि उजागर भएका छन् । बजेट कार्यान्वयन प्रभावकारीरुपमा हुनेमा विश्वास लिएको छु ।”
सांसद शारदादेवी भट्टले सरकारद्वारा प्रस्तुत बजेट केही हदसम्म सन्तुलित र चलायमान भएको टिप्पणी गरे । उनले बजेटको स्वागत गर्दै पूर्ण समर्थन जनाए । “बजेट जनता केन्द्रित हुनुपर्छ”, उनले भने ।
सांसद जयन्तीदेवी राईले आगामी वर्षको बजेट सैद्धान्तिक रुपमा हेर्दा अत्यन्त सकारात्मक भए पनि कार्यान्वयनमा चुनौती रहेको टिप्पणी गरे । “बजेटमा कृषि लगानीको वर्ष, स्वदेशी उत्पादनलाई प्रोत्साहन, प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सकारात्मक छन् । यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने ।
















नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
असल प्रतिपक्षीय भूमिका निर्वाह गर्नेछौँः सांसद थकाली
युवा सांसद भन्छन्– ‘नयाँ पुस्ताको परिवर्तनको आकांक्षा नै हाम्राे एजेण्डा’
प्रतिनिधिसभा सदस्यको शपथमा जे देखियो…
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
बक्स अफिसमा तहल्का मच्चाउँदै धुरन्धर २, अहिलेसम्मकाे कमाइ कति ?
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
प्रतिक्रिया