जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने

काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्बाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।
आमेरिका र ववेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् ।
यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्कपमा ५ देशलाई एक समुहमा राखेर चार समुह बनाइएको छ । हरेक समुहमा एक अर्कासँग एक एक पटक खेलेपछि शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।
विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियम मा हुने छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
प्रतिक्रिया