जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने

काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्बाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।
आमेरिका र ववेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् ।
यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।
त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।
त्यस्तै नवौं देखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन् भने १३औं देखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।
यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्कपमा ५ देशलाई एक समुहमा राखेर चार समुह बनाइएको छ । हरेक समुहमा एक अर्कासँग एक एक पटक खेलेपछि शिर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।
विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियम मा हुने छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया