अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन माग
मेरोन्यूज
२०८१ जेठ २२ गते १५:१४

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका पदमबहादुर परियार र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद कृष्णप्रसाद अधिकारीले अपाङ्गता भएका व्यक्तिलाई सहयोगी उपलब्ध गराउन माग राखेका छन् ।
उनिहरुले बैठकमा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताको माग गर्दै शान्तिवाटिकामा ३६ दिनदेखि अनशनरत अपाङ्गता भएका दीपक भण्डारी बिरामी भएर अस्पतालमा भर्ना भएका सदनलाई अवगत गए । अपाङ्गता भएका व्यक्तिसम्बन्धी ऐन २०७४ लागू गर्नुपर्ने र तत्काल अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहयोगीको उपलब्ध गराउनुपर्नेमा सांसद परियारले जोड दिए ।
सांसद अधिकारीले सहाराविहीन अपाङ्गता भएका व्यक्तिलाई सहयोगीको व्यवस्था गर्ने नियामावलीलाई यथाशीघ्र लागू गर्न सम्बन्धित मन्त्रालयलयाई निर्देशन दिनुपर्ने बताए ।
सम्बन्धित














पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया