अरुण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङमार्ग ‘ब्रेक-थ्रु’

काठमाडौं । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको मुख्य सुरुङमार्ग ब्रेक–थ्रु भएको छ । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक–थ्रु गरेका हुन् ।
सुरुङमार्ग ब्रेक–थ्रु कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भौतिक विकासका क्षेत्रमा नेपालले सुरूङ युगको यात्रा तय गरेको बताए । उनले काठमाडौँ–नौबीसे सडकखण्डमा रहेको सुरूङमार्ग र बहुउद्देश्यीय मरिन डाइभर्सन परियोजनाको ब्रेक–थ्रु र अरुण तेस्रो जलविद्युत परियोजनाको ब्रेक–थ्रुलाई समृद्धिका महत्वपूर्ण आधारस्तम्भको संज्ञा दिए ।
प्रधानमन्त्री प्रचण्डले परियोजनाको बाँकी काम सम्पन्न गर्ने कार्यमा आवश्यक सहजीकरण र सहयोगका निम्ति सरकारका संयन्त्रहरू, विकास साझेदार, निर्माण कम्पनि र स्थानीय जनसमुदायसँग आग्रह गरे ।
परियोजनाको झण्डै ७० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । कुनै अवरोध नभए आगामी एक वर्षभित्र निर्माण कार्य सम्पन्न हुने बताइएको छ ।
















नवनिर्वाचित सांसदहरुले लिए शपथ
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया