ऋतु अनुसार कुन मौसममा के खाने ?

स्वास्थ्य मानिसको जीवनमा अपरिहार्य तत्व हो। स्वस्थ जीवन जिउनको लागि सर्वप्रथम हामीले खानपानलाई पहिलो प्राथमिकतामा राख्नु आवश्यक हुन्छ। हामी हरेक दिन खाना त खान्छौं तर सहि समय र सहि मौसम अनुसारकाे आहार खादैनौं, जसले गर्दा शरिरलाई चाहिने पौष्टिक तत्व लिन पाउदैनौं र विभिन्न रोगको सिकार हुन पुग्छौं।
कुन ऋतुमा के खाने ?
वसन्त : चैत, बैशाख महिनामा घ्यु ,पुष्टिकारक भोजन खानु राम्राे हुन्छ । जसले शरीरमा चिसो कफ बनाइ गर्मीमा पगाल्छ र शरीरबाट निकाल्छ।
ग्रिष्मः जेठ, असार महिनामा रस बृद्धि गर्ने खालका खानेकुराहरु खाने गर्नुपर्दछ। सुख्खा पिरो, अमिलो पदार्थ खानु हुँदैन । मही, दही पिउने गर्नुपर्दछ।
वर्षा : साउन भदौ महिनामा पनि रसयुक्त भोजन, पुरानो अन्न, दही, मही खानुपर्छ ।
शरद : असोज, कात्तिक महिनामा हलुका खाना खानु उपयुक्त हुन्छ । यस्ताे बेला फलफुल दुध, दही खाने गर्नुपर्दछ।
हेमन्तः मंसिर, पुष महिनामा अधिक पुष्टिकार भोजन, ध्यु, दुध,दही खानु पर्दछ । पचाउन सक्ने शक्ति मन्द भएमा, खाना नपचेमा वा कुनै अप्ठयारो भएमा खाना हल्का गर्नुपर्दछ। यस मौसममा गुलियो, अमिलो पनि खानु राम्रो हुन्छ। चिसो पानी प्रयोग गर्नु, खुल्ला ठाउँमा सुत्नु हुँदैन। दुध तथा शक्तियुत्त खाना खानु यस समयमा उचित हुन्छ।
शिशिरः माघ र फागुन महिना पनि चिसो महिना हो । यस महिनामा पुष्टिकारक खाना खानु राम्रो हुन्छ। यसबेला शरिर मालिस गराउने, तातो कपडा लगाउने, तातो दुध खाने, पुरानो अन्न खाने गरे शरीरलाई एकदमै फाइदा जनक हुन्छ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया