टी-२० विश्वकप : पपुवा न्यूगिनीलाई युगान्डाले हरायो

काठमाडौं । टी-२० विश्वकप-२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।
प्रोभिडेन्स स्टेडियममा आज बिहान भएको खेलमा युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले पराजित गरेको हो ।
पपुवा न्यूगिनीले दिएको सामान्य लक्ष्य युगान्डाले ७ विकेट गुमाएर १८.१ ओभरमा भेटाएको हो ।
लक्ष्य पछ्याउने क्रममा खराब ब्याटिङ गरेको युगान्डाले रिआजत अली साहको धैर्यतासँगै जित हात परेको हो । रिआजतले ५६ बल खेलेर ३३ रन बनाएर टिमलाई जिताए ।
अर्का ब्याटर जुमा मियागीले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । ओपनर रोगर मुकासा र अर्का ब्याटर दिनेश नाक्रानी शून्य रनमै आउट भए ।
पपुवा न्यूगिनीका एली नाओ र नोर्मान भानुवाले दुई/दुई, चाद सोपर र असाद भालाले एक/एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनी ७७ रन बनाएर ५ बल बाँकी हुँदै अलआउट भएको थियो ।
हिरि हिरिले बनाएको १५ रन नै पपुवा न्यूगिनीको सर्वाधिक रन हो । लेगा सिआका र किप्लिन डोरीगाले १२/१२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पपुवा न्यूगिनीलाई सस्तैमा समेट्ने क्रममा युगान्डाका अप्पेश रामजानी, कस्मास केइवुता, जुमा मियागी र फ्रेंक नसुबुगाले २/२ र ब्रायन मसाबाले एक विकेट लिए ।
पराजित भएका हुन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया