राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तरदेशीय कारोबार सम्झौता

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय(क्रस बोर्डर) कारोवार गर्नेसम्बन्धी सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ ।
यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।
आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गरेका थिए।
सो अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषिराम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति रहेको थियो ।
हाल राष्ट्रिय वाणिज्य बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८७ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, प्वाइन्ट अफ सेल सेवा , क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर(बिनाचेक रकम झिक्न सकिने) इन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ(डिजिटल संसार)तथा बिनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
















नवनिर्वाचित सांसदहरुले लिए शपथ
प्रतिपक्षमा रहेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेछौँः अध्यक्ष राई
इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
प्रतिक्रिया