छायांकनमा फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’

काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को छायांकन सुरु गरिएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको फिल्मको ओखलढुङ्गा जिल्लाको रुम्जाटारबाट सुरु गरिएको हो । फिल्मको ओपनिङ दृश्य गायक तथा कलाकार प्रकाश सपूत र बालकलाकार जान्भि पौडेल दिएका थिए ।
कलाकारहरूको लाइनअप बलियो रहेको ‘पूर्ण बहादुरको सारङ्गी’मा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीको मुख्य भूमिका रहेको छ ।
यस्तै, फिल्ममा विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ र देशभक्त खनाल लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । यस्तै यो फिल्मको बालकलाकारमा जान्भि पौडेल र स्वायम् केसीको अभिनय रहने छ ।
फिल्मका लेखन तथा निर्देशन सरोज पौडेल हुन् । फिल्ममा उनकै लेखक रहेको छ । सोसल–ड्रामा जनरामा बन्ने फिल्म गन्धर्व परिवारको कथामा आधारित रहनेछ । यस फिल्मलाई अन्तर्राष्ट्रिय रुपमा फिल्म वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो ।
फिल्ममा कलाकारहरुको भूमिका बारेमा अहिले केही पनि खुलाइएको छैन । अहिलेसम्म अनुबन्धित भएका सबैकलाकारहरूलाई शीर्ष भूमिका देख्न सकिने निर्माता विनोद पौडेलले बताएका छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी रहने छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मको लगानी हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहेका छन् । निर्माण टिमले फिल्मलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया