युगाण्डा ३९ रनमा अलआउट हुदा वेस्ट इण्डिज को फराकिलो जित

काठमाडौँ । वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुदै ३९ रन मात्र बनाएको हो । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।
यस अघि २०१४ को विश्वकपमा नेदरल्याण्डसले श्रीलंकाविरुद्ध ३९ रनमै अल आउट भएको थियो ।
युगाण्डाका लागि जुमा मियागीले १३ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै वेस्ट इण्डिजका बलर अकील हुसेनए ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए । उनी यस विश्वकपमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
यो जितपछि वेस्ट इन्डिजको समुह सी मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै युगाण्डाको भने ३ खेलमा २ अंक रहेको छ ।
अब वेस्ट इन्डिजले अर्को खेल जुन १३ मा न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै युगाण्डाले आफ्नो समुह चरणको अन्तिम खेल जुन १५ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।












यी हुन् मन्त्रिपरिषद्का ६ निर्णय
सुदूरपश्चिममा निर्वाचन प्रहरीमा चार हजारभन्दा बढीको आवेदन
Party unity imperative: Leader Koirala
NC’s SGC endorses working procedure, proposes dissolution of central leadership
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया