युगाण्डा ३९ रनमा अलआउट हुदा वेस्ट इण्डिज को फराकिलो जित

काठमाडौँ । वेस्ट इन्डिजले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले युगाण्डालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछाएको युगाण्डाले १२ ओभरमा अल आउट हुदै ३९ रन मात्र बनाएको हो । यो टी-२० विश्वकपको इतिहासमा अहिलेसम्मकै सबैभन्दा कम टोटल हो ।
यस अघि २०१४ को विश्वकपमा नेदरल्याण्डसले श्रीलंकाविरुद्ध ३९ रनमै अल आउट भएको थियो ।
युगाण्डाका लागि जुमा मियागीले १३ रन बनाउने बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।
त्यस्तै वेस्ट इण्डिजका बलर अकील हुसेनए ४ ओभरमा ११ रन दिएर ५ विकेट लिएका थिए । उनी यस विश्वकपमा ५ विकेट लिने पहिलो बलर बनेका छन् ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो ।
यो जितपछि वेस्ट इन्डिजको समुह सी मा २ खेलमा ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा वेस्ट इन्डिजले पिएनजीलाई पराजित गरेको थियो । त्यस्तै युगाण्डाको भने ३ खेलमा २ अंक रहेको छ ।
अब वेस्ट इन्डिजले अर्को खेल जुन १३ मा न्यूजील्याण्डसँग खेल्ने तालिका रहेको छ । त्यस्तै युगाण्डाले आफ्नो समुह चरणको अन्तिम खेल जुन १५ मा न्यूजील्याण्डविरुद्ध खेल्ने छ ।
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया