मेक्सिकोमाथि ब्राजिलको संघर्षपूर्ण जित
मेरोन्यूज
२०८१ जेठ २७ गते १०:२९

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण खेलमा मेक्सिकोमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राजिलका लागि खेलको ९६औं मिनेटमा एनड्रिकले निर्णायक गोल गरेका हुन् । यस अघि ब्राजिलका लागि आन्द्रेज पेरेइरा र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै मेक्सिकोका लागि जुलियन क्युइनोनेज र गुइलेर्मो मार्टिनेजले एक एक गोल गरेका थिए ।
कोपा अमेरिका खेल्ने तयारीमा रहेको ब्राजिलले त्यस अघि अमेरिकासँग मे १३ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ । कोपा अमेरिकामा ब्राजिल समुह डी मा रहेको छ । यस समुहमा ब्राजिलसहित कोलोम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् । ब्राजिलले कोपाको पहिलो खेल कोस्टा रिकासँग जुन २५ मा खेल्ने तालिका रहेको छ ।
सम्बन्धित













NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया